जनमुखी प्रशासनमा कर्मचारीको भूमिका महत्वपूर्ण: मुख्यमन्त्री गुरुङ

काठमाडौं, ११ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनमुखी प्रशासनमा कर्मचारी संयन्त्रको महत्वपूर्ण भूमिका हुने बताए। प्रदेश सरकारको दुई वर्षका अवसरमा छनोटमा परेका उत्कृष्ट कर्मचारीको आज सम्मान एवं प्रदेश प्रमुख सचिवको बिदाइ कार्यक्रममा उनले सरकारका निर्णयलाई कार्यन्वयनका तहमा लैजाने प्रमुख माध्यम कर्मचारी संयन्त्र भएको उल्लेख गरे ।

प्रदेशमा राम्रो काम गर्ने कर्मचारीको मनोवल उच्च बनाउन सरकारले उचित मूल्याङ्कन गर्दै पुरस्कृत गर्ने निर्णय गरेको बताउँदै उनले यसबाट काममा लगनशीलता एवं जिम्मेवारिता बढ्ने विश्वास लिइएको बताए । महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेश सरकार जिल्लास्थित अस्पताललाई साधनस्रोत सम्पन्न बनाउनेतफ सरकार लागेको उनले जानकारी दिए ।

त्यस अवसरमा मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख सचिव हरिप्रसाद बस्याल, सचिव दलबहादुर अधिकारीसहित विभिन्न कर्मचारीहरुलाई नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरे । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवको जिम्मेवारी समाल्न लाग्नुभएका प्रदेश प्रमुख सचिव हरिप्रसाद बस्याललाई मायाको चिनो दिएर मुख्यमन्त्री गुरुङले बिदाइ गरे ।

सो अवसरमा प्रदेश प्रमुख सचिव बस्यालले जनमुखी प्रशासनका लागि कर्मचारी संयन्त्रले आप्mनो जिम्मेवारीलाई आत्मसात गर्दै जस्तोसुकै परिस्थितिको सामना गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश सरकारका मन्त्री, उच्चपदस्थ कर्मचारी, राष्ट्रसेवकको उपस्थिति थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति