बिमान दुर्घटना हुँदा तीन जनाको मृत्यु

वासिङ्टन, ११ साउन । संयुक्तराज्य अमेरिकाको पश्चिमी उटाह राज्यको वेस्ट जोर्डानमा सानो बिमान शनिबार दुर्घटना हुँदा बिमानमा सवार तीन जनाको मृत्यु भएको छ । बिमानमा तीन बालबच्चा सहित कूल छ जना सवार रहेको प्रहरीले जनाएको छ ।

वेस्ट जोर्डान प्रहरी विभागका अनुसार एक–इन्जिनयुक्त उक्त बिमान वेस्ट जोर्डानको पछिल्तिर आवाशीय क्षेत्रमा खसेको थियो ।

बिमान खसेको एक घरकी महिला पनि घाइते हुनुभएको र उहाँको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

अमेरिकी संघीय नागरिक उड्डयन प्रशासनले उक्त घटनाको छानबिन थालेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति