२० हजार रुपैयाँको मास्क !

एजेन्सी – विश्वलाई आतंक मच्चाइहेको कोरोना भाइरस महामारीले दुनियामा एक करोड ६० लाख भन्दा धेरै मानिसहरु संक्रमित भईसकेका छन् । करीब साढे ६ लाख मानिसको मृत्यु भैसकेको छ ।

जहिलेसम्म यो भाइरस विरुद्धको खोप बन्दैन तबसम्म मुख तथा नाक छोप्ने मास्क नै यसबाट बचावटको सबैभन्दा उत्तम उपाय मानिँदै आएको छ । जसका कारण दुनियामा मास्कको व्यापार चम्किएको मात्र छैन यो एक फेसन ट्रेण्ड समेत बन्न थालेको छ ।

विश्वमा अनेक आकार प्रकार तथा डिजाइनका मास्क बनिरहेका छन् । हालै भारतमा सुन जडित मास्क बनेको खबर आएको थियो । महंगो मास्कको भारतीय कदमलाई युरोपेली मुलुक बेल्जियमले पनि पछ्याएको छ । बेल्जियममा यस्ता लग्जरी मास्क उत्पादन गरिएको जसको मूल्य ७५ युरोदेखि १६० युरोसम्म तोकिएको छ ।

जस अनुसार सबैभन्दा महंगो उक्त मास्कको मूल्य झण्डै २० हजार रुपैयाँ पर्नेछ । यद्यपि भाइरसबाट बँच्नका लागि यति महंगो मास्क आवश्यक नपर्ला । तर यो मास्क एक फेसन स्टेटमेन्ट बनिसकेको छ ।

हुनत मास्कका अनेक खाले डिजाइन प्रस्तुत गर्नमा बेल्जियम अगाडि नै छ । कोरोना भाइरस महामारीसँगै ब्रसेल्सका एकजना डिजाइनरले मेडिकल मास्कलाई चिक एक्सेसरीजमा बदलिदिए । ब्रसेल्सका स्टाइलिस्ट ओडे डी उल्फले एक स्कार्फ मास्क तयार गरे जसमा विभिन्न महंगा फाइबरहरुको प्रयोग गरिएको छ । त्यसखाले मास्कलाई लज्गरी सलसँग जोडिएको छ । डी उल्फले अस्पतालका लागि १५०० वटा मास्क बनाइसकेका छन् ।

फेसन कपडा तथा एक्सेसरी बनाउने ओलिभिया हेनटले अहिले मास्क बनाउने कार्यमा पनि आफ्नो प्रतिभा देखाइरहेकी छिन् । उनीले विभिन्न रत्न तथा सिल्क फ्लावर्स जस्ता सामानहरुको प्रयोग गरी मास्क बनाइरहेकी छिन् । ती मास्कको मूल्य न्यूनतम ७५ युरो पर्दछ । ओलिभियाका अनुसार यो मास्क दैनिक लगाउनका लागि होइन । कुनै पार्टी, बिहे वा विशेष समारोहका बेला त्यसलाई पहिरिन सकिन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति