भारतमा तिव्रगतिमा फैलिदै कोरोना : एकैदिन ४८ हजारभन्दा बढीमा संक्रमण


काठमाडौं, १० साउन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले भारतमा लगातार नयाँ रेकर्ड कायम गरेको छ । दिन प्रतिदिन संक्रमितको संख्यामा बृद्धि हुदै गएको भाइरस शनिवार पुन ४८ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ४८ हजार ८९२ जना संक्रमित भएका छन् । यसअघि शुक्रबार पनि ४८ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको थियो । भारतमा कुल संक्रमित संख्या १३ लाख ३७ हजार २२ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो । संक्रमितमध्ये अहिलेसम्म ८ लाख ५० हजार १०७ संक्रमणमुक्त भएका छन् भने ४ लाख ५५ हजार ५०९ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७६१ जनाको मृत्यु भएपछि शनिबार बिहानसम्म ज्यान गुमाउनेको ३१ हजार ४०६ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति