नेपालमा थप १४७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार २४१

काठमाडौं, ८ साउन । नेपालमा बिहीबार नेपालमा १ सय ४७ जना कोरोना संक्रमित थपिएका छन् । अहिलेसम्म १८ हजार २४१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमा भक्तपुरका २, काठमाडौंका ५ र ललितपुरका २ रहेका छन् । उनका अनुसार आज १४७ मा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १८ हजार २४१ पुगेको मन्त्रालयले जनाएको छ ।

सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको प्रवक्ता गौतमले जनाएका छन् । बिहीबार कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु भएको छ । २४ घन्टामा १५६ डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुनेको संख्या १२ हजार ८४० पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति