Nepal Page

५ श्रावण २०७७, सोमबार


भदौ १ देखि आन्तरिक उडान खुल्ने, लामो दुरीका सवारीसाधन, कलेज, विद्यालय बन्द


काठमाडौं, ५ साउन । भदौ १ गतेदेखि आन्तरिक उडान खुलाइने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले भदौ १ गतेदेखि आन्तरिक उडान खोल्नेगरी गृहकार्य गर्न पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ।

कोरोनाभाइरसविरुद्ध सुरक्षाका उपाय अपनाई भदौदेखि आन्तरिक उडान सञ्चालन गर्ने निर्णय भएको एक मन्त्रीले बताए । उनकाअनुसार आन्तरिक उडानका लागि सम्पूर्ण सुरक्षाको प्रवन्ध मिलाउन मन्त्रालयलाई निर्देशन दिइनेछ।

त्यस्तै अहिलेको लकडाउनलाई अझै खुकुलो बनाइने भएको छ। यथास्थितिको लकडाउन साउन ७ गते सकिँदैछ। त्यसपछिको चरणमा लकडाउनलाई अझै खुकुलो बनाइने भएको छ । सिनेमा घर, लामो दुरीका सवारीसाधन, कलेज, विद्यालय लगायत सीमित केही क्षेत्रलाई बन्द गरी अन्य उद्योग व्यवसाय सञ्चालनमा थप सहजता मिलाइने भएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति