चीनमा बन्द रहेका सिनेमाघर खुल्न थाले

चीन, ५ साउन । चीनमा कोरोना महामारीको कारण बन्द रहेको सिनेमा घरहरु फेरि खुला गर्न लागिएको छ । चीनमा कोरोनाभाइरस सङ्क्रमण फैलनबाट रोक्ने प्रयास अन्तर्गत बन्द रहेका सिनेमाघरहरू फेरि खुला गर्न लागिएको हो ।

चिनियाँ चलचित्र प्रशासनका अनुसार सोमवारदेखि कम जोखिम भएका स्थानहरूमा सिनेमाघर खोल्न सकिने भएको हो । चीनका अधिकांश स्थानलाई कम जोखिम भएका क्षेत्रका रूपमा वर्गीकरण गरिएका कारण यो नयाँ निर्णयको अर्थ देशभरिका लगभग सबै सिनेमाघर खुल्ने अनुमान छ।
ज्यानुअरीमा सुरु भएको लकडाउनले चीनका सिनेमाघरहरू नराम्ररी प्रभावित भएका र केही स्थायी रूपमा बन्द भइसकेका छन्। खुल्ने सिनेमाघरहरूले कुल क्षमताको ३० प्रतिशतमात्रै दर्शक राख्नुपर्ने र पहिले देखाउने गरेकोभन्दा आधा सङ्ख्यामा मात्रै चलचित्र देखाउन पाइने कडा नियम पालना गर्नु पर्ने बीबीसीले उल्लेख गरेको छ ।

दर्शकहरूको शरिरको तापक्रम नापिने छ र दर्शक र सिनेमाघरका कर्मचारी सबैले जुनसुकै बेलापनि अनिवार्यरूपमा मास्क लगाउनु पर्नेछ । चलचित्रको टिकट अनलाइन किन्नुपर्ने र फरक समूहका दर्शकहरू कम्तीमा एक मिटर दूरी कायम गरेर बस्नुपर्ने नियमहरू लगाइएको छ।बीबीसी

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति