नेपालमा थप १०१ जनामा कोरोना संक्रमण, २८५ जना डिस्चार्ज

काठमाडौं, २ साउन । नेपालमा शुक्रबार १०१ जनामा कोरोना संक्रमण देखिएका छन् । कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार ४ हजार ६८८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गरिएको थियो । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ८५ जना कोरोनाभाइरसका संक्रमित निको भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या ११ हजार ५३४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६६।१२ प्रतिशत संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा ४६८६ जनाको पीसीआर टेस्ट गरिएको छ । हाल क्वरोन्टिनमा २२ हजार ७५७ र आइसोलेसनमा ५ हजार ८७१ संक्रमित रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति