Nepal Page

२ श्रावण २०७७, शुक्रबार


तातोपानी भन्सारबाट एक अर्ब ६० करोड राजश्व सङ्कलन


काठमाडौं, २ साउन । नेपाल–चीनको उत्तरी नाका तातोपानी भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ५९ करोड ६५ लाख ५८ हजार ९७९ राजश्व सङ्कलन भएको छ ।

सो आर्थिक वर्षमा राजश्व सङ्कलन गर्न वार्षिक लक्ष्य नतोकिएको हुँदा उक्त राजश्व भन्सार महशुल, मूल्य अभिवृद्धि कर कृषि सुधार तथा सडक सुधार शुल्कलगायत शीर्षकमा सङ्कलन भएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो ।

कोरोना भाइरस सङ्क्रमण फैलिएपछि सो नाका पनि २०७६ माघ १६ गतेदेखि बन्द भई चैत २६ गते मात्र पुनः सुचारु भएको थियो । सो नाका भएर चीनबाट औषधि तथा औषधिजन्य सामग्री, फलफूल, विद्युतीय सामान, तयारी पोशाक तथा जुत्तालगायत सामान आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति