ओली-प्रचण्डबीचको ‘बालुवाटार वार्ता’ सकियो, सहमति जुटेन

काठमाडौं, १ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक विवाद समाधानको लागि सहमति जुटाउन बुधबार पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भएको भेटवार्तामा आगामी साउन २ गतेलाई निर्धारित स्थायी कमिटी बैठकअघि सहमति कायम गर्नको लागि छलफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनका अनुसार दुई अध्यक्षबीचको छलफल बिहीबार फेरि बस्ने गरी सकिएको छ ।

पार्टीको आन्तरिक विवाद मिलाउन दुई अध्यक्षबीच दैनिकजसो बैठक भइरहेको छ । मङ्गलबार पनि दुई अध्यक्षबीच छलफल भएको थियो । बिहीबार फेरि छलफल गर्ने गरी बुधबारको छलफल सकिएको छ ।

दुई अध्यक्षले सहमतिको बिन्दु पहिल्याउने र स्थायी कमिटी बैठक बोलाउने नेकपाको तयारी छ । प्रचण्ड, माधव नेपाल तथा झलनाथ खनाल समूहसहित सचिवालय र स्थायी कमिटीका बहुमत सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन् भने ओली पक्ष त्यसको लागि तयार भएको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति