साझा बसले सुरु गर्‍यो सेवा, मास्क र सेनिटाईजर अनिवार्य

काठमाडौं, १ साउन । कोरोना महामारीका कारण बन्द रहेको साझा याताया आजदेखि पुनः सञ्चालनमा आएको छ । सरकारले लकडाउन लगाएपछि सार्वजनिक यातायातहरु बन्द भएका थिए तर, सरकारले सार्वजनिक सवारीलाई पुनः सञ्चालन गर्न अनुमति दिएसँगै सरकारी स्वामित्वमा रहेको साझा यातायातले पनि आजबाट आफ्नो सेवा शूरु गरेको छ ।

साझा यातायातले उपत्यकाका धेरैजसो रुटमा २६ वटा बस सञ्चालन गर्न लागिएको जनाएको छ। पहिलो दिन सरकारले तोकेअनुसार नै सिटभन्दा आधा यात्रु राखेर बस सञ्चालन गर्न लागिएको साझाका व्यवस्थापक महेन्द्र पाण्डेले जानकारी दिए ।

‘कोभिड– १९’ को नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको बन्दाबन्दीपश्चात् सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णयपछि बिहीबारदेखि ललितपुरको लगनखेलमा गुुडेको साझा यातायात बस । तस्वीर : रोशन सापकोटा

उनका अनुसार बसका कर्मचारी र यात्रु दुवैले आवश्यक सुरक्षाप्रति सर्तक हुने गरी बस सञ्चालन गर्न लागिएको छ । यात्रुले साझाका बसमा चढ्दा माक्स लगाउने, सेनिटाईजरको प्रयोग गर्ने र सामाजिक दूरी कायम गर्नेसँगै खुद्रा पैसा बोकर मात्रै बसमा यात्रा गर्नुपर्ने हुन्छ ।

कोभिड– १९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको बन्दाबन्दीपश्चात् सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णयपछि बिहीबारदेखि पुुलचोकस्थित साझा यातायात बसमा सेनिटाइज गर्दै ।

साझा बसका कर्मचारीलाई पनि मास्क, पञ्जा, सेनिटाईजरलगायतको प्रयोग गर्ने व्यवस्था मिलाईएको साझाले जानाएको छ । शुरुमा कम संख्यामा बस चलाए पनि यात्रुको चाप अनुसार थप्दै लैजाने पाण्डेले जानकारी दिए ।

कोभिड– १९’ को नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाइएको बन्दाबन्दीपछि सार्वजनिक यातायात सञ्चालन गर्न निर्णय गरेपछि बिहीबारबाट गुुडेको साझा यातायात बसमा यात्रुु । 
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति