Nepal Page

३१ असार २०७७, बुधबार


नेकपा अध्यक्षद्धय ओली – प्रचण्डबीच आज वान टु वान वार्तामा बस्दै

काठमाडौं, ३१ असार । स्थायी कमिटी बैठक स्थगित गरेर एक्लाएक्लै वार्तामा बसेका सत्तारूढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पनि वान टु वान वार्ता हुँदैछ । मंगलबार ६ दिनपछि भएको डेढ घण्टाको वार्ता निष्कर्षविहिन भएपछि आज पनि अध्यक्षद्धयवीच छलफल हुन लागेको हो । छलफलको समय तय भइनसके पनि बिहान ११ बजेअघि नै अध्यक्षद्वयबीच वार्ताको सम्भावना रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । पार्टी विभाजन टरेको र छलफलबाटै समस्याको हल खोज्ने बताएका ओली र प्रचण्डबीचको अबका छलफललाई अझ चासोपूर्वक हेरिएको छ ।

पछिल्लो पटक साउन २ गतेसम्मका लागि स्थायी कमिटी बैठक स्थगित भएकाले त्यसअघि नै अध्यक्षद्वयबीच सहमतिको प्रयास हुनेछ । बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपाको शक्ति संघर्ष उत्कर्षमा पुगेको छ। जारी छलफलमा ओलीले आफूले दुबै पद नछाड्ने अडान दोहोर्‍याएका छन् भने प्रचण्डले कम्तिमा एउटा पद छाडेर सहमतिमा आउन आग्रह गर्दै आएका छन् ।

तर, ओलीले दुवै पद नछाड्ने तर २०७६ मंसिर ४ को सहमतिअनुसार अघि बढ्न सकिने जवाफ दिदै आएको बताइन्छ । मंसिर ४ को सहमतिमा ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्डले कार्यकारी हैसियतमा पार्टी चलाउने उल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति