उत्तरपूर्वी टर्कीमा बाढी दुईको मृत्यु, ११ जना घाइते

टर्की,३० असार । टर्कीको उत्तरपूर्वी प्रान्त रिजमा मङ्गलबार आएको बाढीमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । यस बाढीमा परी अन्य ११ जना घाइते भएका छन् ।
भारी वर्षापछि आएको बाढी परी दुई व्यक्तिको मृत्यु भएको गृह मन्त्री सुलेएमान सोएलुले समाचारदाताहरुलाई बताए। बाढी प्रभावित क्षेत्रमा रहेका वासिन्दालाई सुरक्षित स्थानमा लैजाने कार्य जारी रहेको समाचारमा जनाइएको छ ।

आइतबार साँझबाट नै परेको भीषण वर्षाको कारण उक्त बाढी र पहिरोको खतरा बढेको थियो । यस बाढीको कारण कैयौ सडक र पुलहरु भत्किनुको साथै सवारी साधनहरु फर्सेका स्थानीय टेलिभिजनहरुले प्रशारण गरेको समाचारमा जनाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति