बोलिभियाका अर्थमन्त्रीलाई कोरोना संक्रमण

लापाज, २९ असार । बोलिभियाका अर्थमन्त्री ओस्कार ओर्टिजलाई कोरोना भाइरस संक्रमण भएको छ । कोरोनाभाइरसबाट संक्रमितउनी बोलिभियाका चौथो मन्त्री हुन् ।

बोलिभियामा यसअघि स्वास्थ र खनिज मन्त्रीहरु कोरोना संक्रमित पुष्टि भएको थियो । साथै बोलिभियाका अन्तरिम राष्ट्रपति पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि क्वारेन्टिनमा छन् ।अर्थमन्त्री ओर्टिजका चिकित्सकहरुले उनलाई अस्पतालमा भर्ना गरेका र त्यहाँ उपचार जारी रहेको छ । बोलिभियामा हालसम्म ४७ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका र एक हजार ७५४ जनाको मृत्यु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति