सलहको नयाँ झुण्ड दाङ, बागलुङ र जुम्लामा देखियो, सतर्क रहन आग्रह

काठमाडौं, २८ असार । सलहको नयाँ झुण्ड दाङको गडवासहित बागलुङ र जुम्लामा पनि देखिएको छ । सलह सूचना केन्द्रका अनुसार दाङको गडवामा आइतबार बिहान साढे ९ बजे बसेको सलहको एउटा ठूलो झुण्ड भारतबाट आजै नेपाल प्रवेश गरेको हो । अन्य दुई झुण्ड भने पहिल्यै नेपाल भित्रिएका सलह पुनः सक्रिय भएको बताइएको छ ।

सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीका अनुसार आइतबार विहान साढे ९ बजे भारत उत्तर प्रदेशको सितापुर तथा बहराइच क्षेत्रमा रहेका सलह झुण्डहरुमध्ये एउटा झूण्ड दाङ जिल्लाको गढवा गाउँपालिकाकामा बसेको जनाए । सुवेदीले भने । आज भित्रिएको सलह संख्याका हिसावले ठूलो रहेको पनि केन्द्रले जनाएको छ ।

सुचना केन्द्रका अनुसार राप्ती नगरपालिकाको लालमटिया क्षेत्रको आकाशमा देखिएको सलह स्थानीय कृषक तथा समूदायबाट अवरोध भएपछि प्यूठान र अर्घाखाँची लगायतका छिमेकी जिल्लामा प्रवेश गर्न सक्ने देखिएको हो ।

बागलुङ र जुम्लाका विभिन्न ठाउँमा सानो संख्यामा सलहको झुण्ड देखिएको छ । असार १३ गते नेपाल प्रवेश गरेको सलह पानी परेका कारण निष्कृय भएको र घाम लागेपछि पुनः सक्रिय भएको पाईएको छ ।

नेपाल भित्रिएको सलहले कृषि बालीमा क्षति गर्न सक्ने भन्दै सतर्क रहन केन्द्रले कृषकलाई आग्रह गरेको छ । विभिन्न जिल्लामा रहेको कृषि ज्ञान केन्द्रमार्फत सलह नियन्त्रण गर्न पहल थालिएको पनि केन्द्रले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति