३८ बोरा अवैध युरिया मल बरामद

सिरहा, २८ असार । सिरहामा रसायनिक मलको अभाव रहेका बेलामा भारतबाट अवैध रुपमा ल्याएर लुकाई–छिपाई राखेको ३८ बोरा युरिया मल प्रहरीले बरामद गरेको छ । भारतीय सीमासँग जोडिएको सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित जीवछ साहको घरमा गोदाम बनाएर विक्री वितरणका लागि राखेको सूचनाका आधारमा प्रहरी टोलीले आज बिहान सो परिमाणको मल बरामद गरेको हो ।

बरियारपट्टी बजारस्थित साहको गोदामबाट मल बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । मल बरियारपट्टी भन्सार कार्यालयलाई बुझाइएको र गोदाम सञ्चालकमाथि राजश्व छली तथा कलाबजारी ऐनअनुसार करवाही गरिने उहाँले जानकारी दिए ।यस्तै प्रहरीले भारतबाट अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा १५३ पोका गुट्खा सहित सिरहा नगरपालिका–२० निवासी २० वर्षीय शिवकुमार यादवलाई पक्राउ गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति