तनहुँको नयाँगाउँमा पहिराले बगायो घर

दमौली, २८ असार । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ नयाँगाउँमा शनिबार राति पहिराले एक घर बगाएको छ । दुई दिनदेखि परेको अविरल वर्षासँगै आएको पहिराले स्थानीयवासी मुरली ढकालको घर बगाएको हो ।

ढकालका परिवार घरभित्रै रहेका बेला पहिरो आएपछि उहाँसहित पाँच जना सामान्य घाइते हुनुभएको स्थानीयवासी विशाल ढकालले जानकारी दिए । पहिराले घर बगाएपछि स्थानीयवासीले उहाँहरुको उद्धार गरेका थिए । पहिराले घर बगाएपछि मुरलीसहित उहाँका श्रीमती, दुई छोरा र एक छोरीले सोही ठाउँभन्दा अलि माथि रहेको छविराज ढकालको घरमा आश्रय लिएका छन् ।

“अकस्मात् पहिरो आएर घर बगाएपछि स्थानीयवासीले तत्कालै उहाँहरुको उद्धार गरेका कारण थप क्षति हुन पाएन”, विशालले भने, “उहाँहरु अहिले छिमेकीका घरमा हुनुहुन्छ ।”

सोही घरमा शनिबार साँझ एक वृद्धको कालगतिका कारण मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले पहिराका कारण घर बस्न नमिल्ने गरी क्षति भएको जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति