Nepal Page

२७ असार २०७७, शनिबार


काठमाडौंमा कोरोनाबाट थप एक जनाको मृत्यु : नेपालमा मृतकको संख्या ३६ पुग्यो


काठमाडौं, २७ असार । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एकजनाको मृत्यु भएको छ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा रहेका एक बिरामीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । काठमाडौं गोकर्णका ५४ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको थियो । उनको स्वाब परीक्षण गर्दा शुक्रबार कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डा. मुकुन्द जोशीले जानकारी दिनुभयो । मिर्गौलाको समस्या भएपछि त्रिबि शिक्षण अस्पतालबाट केएमसी रेफर गरिएको थियो । भेन्टिलेटरमा उपचार भइरहेको समयमै उनमा स्वासप्रश्वासमा समस्या देखियो । त्यसपछि स्वाब परीक्षणका लागि पठाइएको थियो । नेपाली सेनाले शुक्रवार रातीनै शव व्यवस्थापन गरिसकेको छ । यस सगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति