Nepal Page

२६ असार २०७७, शुक्रबार


भारतमा एकैदिनमा २५ हजार ८ सय ३ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं , २६ असार । विश्वभर महामारीकोरुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा एकैदिनमा २५ हजार ८ सय ३ जना संक्रमित भएका छन् ।

विहीबार २५ हजार ५७१ जनालाई संक्रमण भएकोमा शुक्रबार बिहान यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा २५ हजार ८०३ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ७ लाख ९४ हजार ८५५ पुगेको छ । संक्रमितको यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा धेरै हो ।

यस्तै संक्रमणले मृत्यु हुनेको संख्या २१ हजार ६२३ पुगेको छ भने उपचारपछि निको हुनेको संख्या ४ लाख ९५ हजार ९६० पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति