Nepal Page

२४ असार २०७७, बुधबार


अध्यक्षद्धय ओली र प्रचण्डबीचको छलफल सकियो

काठमाडौं, २४ असार । पार्टीका देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री तथा नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ ।
झण्डै २ घण्टा छलफलपछि बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट प्रचण्ड बाहिरिएका छन् । दुई अध्यक्षबीच के विषयमा कुराकानी भयो र सहमति भयो वा भएन भन्नेबारे नेताहरुले खुलाएका छैनन् ।

स्थायी कमिटीमा नेताहरुले ओलीको राजीनामा मागेपछि सुरु भएको नेकपाभित्रको विवाद अझै समाधान भएको छैन ।

अन्तरद्वन्दले पार्टी विभाजनको मोडमा पुगेको भन्दै एकता प्रक्रियालाई जोगाउन दोस्रो, तेस्रो तहका नेताहरु खबरदारी गर्दै आएका छन्। स्थायी कमिटी बैठकले पार्टी एकतालाई जोगाउने जिम्मेवारी ओली र प्रचण्डलाई दिएका छन्।

निरन्तर छलफलमा जुटे पनि सहमतिको विन्दुमा नेताहरु पुगेका छैनन्। तर, पछिल्ला छलफल सकारात्मक दिशामा उन्मुख भएको नेकपा नेताहरुको बुझाइ छ। आज बस्ने भनिएको स्थायी कमिटीको बैठक असार २६ गते बस्ने गरी स्थगित गरिएको छ। दुई अध्यक्षबीच पटक पटक कुराकानी भए पनि सहमति हुन सकेको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति