सांसद पदबाट सरिता गिरीलाई हटाउन सिफारिस

काठमाडौं, २३ असार । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पदबाट हटाउन सिफारिस गरिएको छ । पार्टी महासचिव रामसाहयप्रसाद यादव नेतृत्वको कार्यदलले गिरीलाई मंगलबार सांसद पद र पार्टीको साधारण सदस्यबाट हटाउन सिफारिस गरेको हो ।

पार्टी संसदीय दलको निर्देशन र ह्वीप नमानेका कारण गिरीलाई पार्टी र सांसद पदबाट हटाउन सिफारिस गरिएको कार्यदल सदस्य मोहम्मत इस्तियाक राईले जानकारी दिए ।

संविधानको अनुसूची ३ मा रहेको निसान छाप परिवर्तनका लागि कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिएको नक्सा संशोधनका लागि ल्याइएको संविधान संशोधन विधेयकको उनले विरोध गरेकी थिईन् ।

उक्त विधेयकमाथि गिरीले संशोधन प्रस्तावसमेत दर्ता गराउनु भएको थियो । पार्टी प्रमुख सचेतक उमाशंकर अरगरियाले संशोधन प्रस्ताव फिर्ता लिन भन्दै गिरीलाई निर्देशन दिए पनि उहाले फिर्ता लिनु भएन । संविधान संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने दिन पार्टीको ह्विपविपरीत संसद्‌मा उपस्थित भएर उहाले संशोधन प्रस्तावको विरोध गर्दै बाहिष्कार गरेककी थिईन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति