Nepal Page

२३ असार २०७७, मंगलबार


‘इनफ इज इनफ’ अभियन्ताले आजैदेखि अनशन तोड्ने

काठमाडौँ, २३ असार । ‘इनफ इज इनफ’ अभियान र सरकारबीच सहमति भएको छ ।

सरकारसँगको सहमतिसँगै विगत १२ दिनदेखि अनशन बस्दै आएका अभियन्ता इशान अधिकारी (इ) सहितले मंगलबार अनशन तोड्दै छन् । उनीहरुले कोरोना भाइरसको परीक्षण आरडीटी विधिबाट नभइ पीसीआरबाट हुनु पर्ने, क्वारेन्टिनको व्यवस्था राम्रो हुनु पर्ने, भ्रष्टाचार रोकिनु पर्ने र नागरिकको जीवन रक्षा गर्नु पर्नेसहितका माग राखेर आन्दोलन गर्दै आएका हुन् ।

सरकारसँगको सहमतिसँगै कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रण गर्न सरकारले चालेको कदम कमजोर भएको भन्दै त्यसको विरोधमा युवाहरुको अभियान ‘इनफ इज इनफ’ ले विगत लामो समयदेखि गर्दै आएको अन्दोलन मंगलबार अन्त्य गर्ने भएको छ ।

सहमतिमा पत्रमा कोरोनाविरुद्धको लडाइँमा भएको खर्च सम्बन्धी विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकका सम्बन्धमा श्रम मन्त्रालय र अन्य विषयमा गृह मन्त्रालयलाई एक हप्ताभित्र लेखेर पठाउने पनि उल्लेख छ ।

क्वारेन्टिनलाई व्यवस्थित बनाउनु पर्ने, आरडीटी परीक्षण बन्द गर्ने लगायतका माग राख्दै दुई युवाहरु पाटनको डबलीमा अनसन बसेका थिए । उनीहरुको स्वास्थ्य विग्रिँदै गएपछि अस्पताल भर्ना गरिएको थियो । उनीहरुलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमै पुगेका थिए । बिभिन्न राजनीतिक दलका नेताहरुले पनि भेटेर उनीहरुका मागमा ऐक्यबद्धता जनाएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति