सुशान्तसिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’को ट्रेलर सार्वजनिक

बलिउड, २२ असार । बलिउडका दिवंगत अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलर सोमबार रिलिज भएको छ।

ट्रेलरमा सम्पूर्ण रूपमा सुशान्त र अभिनेत्री सन्जना सांघी छाएका छन्। २ मिनट ४५ सेकेन्डको ट्रेलरमा क्यान्सरसँग जुधिरहेकी सन्जनालाई खुसी बनाउन निकै कोशिस गरिरहेका देखिन्छन्।

फिल्म २४ जुलाईमा डिज्ने प्लस हटस्टारमा रिलिज हुँदैछ। सब्सक्राइब गर्ने र नगर्ने सबै खाले दर्शकले निःशुल्क हेर्न पाउने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। फिल्म जन ग्रीनको उपन्यास ‘द फल्ट इन आवर स्टार्स’र यही नामको हलिउड फिल्ममा आधारित छ।

यो फिल्म पहिले २९ नोभेम्बरमा रिलिज हुने भनिएको थियो। तर मिति सर्दैसर्दै ८ मे २०२० मा हुने भएको थियो। यही बीच कोरोना महामारी फैलियो र सिनेमा हलहरू बन्द भए। त्यसैले यो फिल्म हलमा रिलिज हुनै पाएन। सुशान्तसिंहले गत १४ जुनमा आत्महत्या गरेका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति