नेपालमा थप १८० जनामा कोरोना संक्रमण, २६४ जना घर फर्किए

काठमाडौं, २२ असार । नेपालमा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण थप १८० जनामा भेटिएको पुष्टि भएको छ । बितेको २४ घण्टामा नेपालमा थप १८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

जसमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा सोमबार ५४ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जानकारी दिएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भक्तपुरका १०, काठमाडौंका २४ र ललिपुरका २० गरी उपत्यकाका ५४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १५ हजार ९६४ पुगेको छ। यस्तै, बितेको २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

कोरोनाभाइरसमुक्त हुनेको कुल संख्या ६ हजार ८११ पुगेको मन्त्रालयले जनाएको छ । २५ प्रयोगशालाबाट बितेको २४ घण्टामा ४७२१ वटा स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति