अमेरिकामा संक्रमितको संख्या २९ लाख ३५ हजार ४२७ पुग्यो

काठमाडौं, २१ असार । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ४४ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा मात्रै ४४ हजार ८३९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २९ लाख ३५ हजार ४२७ पुगेको छ ।

आइतबार बिहानसम्म १ लाख ३२ हजार ३१३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २४९ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये १२ लाख ५७ हजार २१३ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १५ लाख ४५ हजार ९०१ जनामध्ये १५ हजार ९५९ जनाको अवस्था गम्भीर रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति