अफगानिस्तानका राष्ट्रपतिका सल्लाहकारको कोरोना सङ्क्रमणका कारण मृत्यु

काबुल, २० असार । अफगानिस्तानका राष्ट्रपतिका आर्थिक विकास, व्यापार तथा गरिबी नियन्त्रणमामिला विशेष सल्लाहकार मोहम्मद यूसुफ गाजनफारको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएको राष्ट्रपतीय कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गजानफारको शुक्रबार टर्कीको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनलाई हालै कोरोना भाइरस सङ्क्रमण भएको र स्वदेशमा उपचार सम्भव नदेखिएपछि टर्की लगिएको थियो ।

अफगानिस्तानमा गत फेब्रुअरीमा पहिलो पटक कोभिड–१९ सङ्क्रमण पुष्टि भएको र शनिबारसम्ममा ३२ हजारभन्दा बढी सङ्क्रमित भइसकेका छन् । अफगानिस्तानमा कोभिड–१९ सङ्क्रमणका कारण ८१९ व्यक्तिको मृत्यु भएकोे छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति