Nepal Page

१८ असार २०७७, बिहिबार


भारतमा २४ घण्टामा १९ हजारभन्दा बढी संक्रमित : सङ्क्रमितको संख्या भारतमा ६ लाख नाघ्यो

भारत, १८ असार । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा सङ्क्रमित हुनेहरुको संख्या भारतमा ६ लाख पुगेको छ । बिहीबार बिहानसम्म भारतमा कोरोनाभाइरसबाट ६ लाख ५ हजार २२० जना सङ्क्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै १९ हजार ४ सय २८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो अपडेट अनुसार २ लाख २७ हजार ४ सय ७६ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

कुल सङ्क्रमितमध्ये ३ लाख ५९ हजार ८ सय ९६ जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म १७ हजार ८ सय ४८ जनाको मृत्यु भइसकेको छ । ती मध्ये पछिल्लो २४ घण्टामा ४ सय ३८ जनाको मृत्यु भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति