Nepal Page

१४ असार २०७७, आइतबार


विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड नाघ्यो : मृतकको संख्या ५ लाख ६ सय पुग्यो

काठमाडौं, १४ असार । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट एक करोड ७५ हजारभन्दा बढी संक्रमित भएका छन् । यस्तै ज्यान गुमाउनेको सङ्ख्या ५ लाख नाघेको छ ।

अहिलेसम्म ५ लाख ६ सयभन्दा बढीको ज्यान गएको हो । एक करोडभन्दा बढी सङ्क्रमितमध्ये ५४ लाख ५१ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।

अमेरिकामा २५ लाख ९५ हजारभन्दा बढी सङ्क्रमितमध्ये एक लाख २८ हजारभन्दा बढीको ज्यान गएको छ । अमेरिकामा १ लाख ७७ हजारभन्दा बढी निको भएका छन् ।

ब्राजिलमा १३ लाख १५ हजारभन्दा बढी सङ्क्रमितमध्ये ५७ हजारभन्दा बढीको ज्यान गएको छ । ६ लाख २७ हजारभन्दा बढी सङ्क्रमित रहेको रुसमा ८ हजारभन्दा धेरैको ज्यान गएको छ ।

चौथो स्थानमा रहेको भारतमा ५ लाख २९ हजारभन्दा बढी सङ्क्रमितमा १६ हजारभन्दा बढीको ज्यान गएको छ । भारतमा ३ लाख १० हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति