नेपालमा थप ५ सय ५४ जनामा कोरोना, संक्रमितको संख्या १२ हजार ३ सय ९

काठमाडौं, १३ असार । नेपालमा थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ५५४ जनामा संक्रमण देखिएको हो। आज थपिएका ५५४ सहित नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १३६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या २८३४ पुगेको छ। कुल संक्रमितमध्ये २८ जनाको मृत्यु भएको छ। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ ।

शनिबार रसुवामा पनि संक्रमण देखिएपछि नेपालका ७७ जिल्लामा नै कोरोना संक्रमित भेटिएका छन्। शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रसुवाका ८ महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति