Nepal Page

१३ असार २०७७, शनिबार


गण्डकी प्रदेश थप ३२ जनामा कोरोना सङ्क्रमण : सङक्रमित ८ सय ३८ पुग्यो

काठमाडौं, १३ असार ।  गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकीका ३ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन् ।

सबैभन्दा धेरै स्याङ्जामा थपिएका छन् । अर्जुनचौपारी गाउँपालिकाका १२ महिनाको बच्चा, ६ महिला सहित १९ जना तथा पुतलीबजार, वालिङ र बिरुवाका एक, एक जनामा सङ्क्रमण देखिएको हो ।

त्यस्तै बाग्लुङका ८ जना र नवलपरासी सुस्ता पूर्वका २ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ । वालिङ र नवलपरासी सुस्ता पूर्वका सङ्क्रमित आईसोलेसनमा नै छन भने अरु सङ्क्रमितलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका कोरोना सङक्रमित ८ सय ३८ मध्ये १०१ जना निको भएर घर फर्किएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति