Nepal Page

११ असार २०७७, बिहिबार


पोखरामा कोरोनाबाट थप एक जनाको मृत्यु : नेपालमा मृत्यु हुनेको संख्या २५ पुग्यो

काठमाडौं ११ असार । कोरोना संक्रमणले थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङजा जिल्ला सिरुवारी निवासी ५५ वर्षीय पुरुष रहेका छन् । गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनमा उपचाररत पुरुषको बुधवार राति मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २५ पुगेको छ । सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको अस्पतालका सहप्रध्यापक डा। अर्जुन आचार्यले जानकारी दिनुभयो । उनलाई यही असार आठ गते अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गर्दागर्दै कोरोना संक्रमितको मृत्यु भएका स्याङ्जाका यी पुरुष दोस्रो व्यक्ति हुन् ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकका १, बाँकेमा २, गुल्मीका ३, बाराका १, ललितपुरका १, अर्घाखाँचीका २, दैलेखका २, बाजुराका १, दोलखा १, पाल्पाका १, सुर्खेतका १, कैलालीका ३, डोल्पाका १, स्याङ्जाका १, चितवनका १, विरगञ्जका १ र पर्साका १ , स्याङजाका १ जनाको मृत्यु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति