Nepal Page

१० असार २०७७, बुधबार


रुकुम काण्डका प्रेमीकाकी आमा र अन्य तीन जना धरौटीमा छुटे (यस्तो थियो घटना)

काठमाडौं, १० असार । जिल्ला अदालत रुकुमले रुकुमकाे साेती घटनाका आराेपित मध्ये २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाका संलग्न भएको आरोप लागेका वडाध्यक्ष डम्मरबहादुर मल्लसहित २३ जनालाई अभियुक्तलाई पूर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत रुकुमकोटले आदेश गरेको हो।

यस्तै घटनामा जोडिएकी भनिएकी प्रेमिकाकि आमालाई अदालतले एकलाख धरौटीमा छाडेको छ ।गएको जेठ १० गते जाजरकोट बाट रुकुमको चौरजहारी ८ सोती स्थित गाउँमा आएका ६ जना युवाको हत्यामा संलग्न भएको भन्दै प्रहरीले ३४ जना बिरुद्ध जिल्ला अदालत पश्चिम रुकुममा मुद्दा दर्ता गरेको थियो ।

त्यस मध्ये २९ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।हाल पाँच जना आरोपित अझै फरार रहेका छन । दुई जना नाबालकलाई केही दिन अगाडि अदालतको फैसलाले सुधार गृहमा पठाउने आदेश गरिसकेको अधिवक्ता आरसी गौतमले बताउनुभयो ।

जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय युवक नवराज विक र छिमेकी जिल्ला पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी एक किशोरीबीच प्रेम बसेको थियो।

तल्लोको जातको केटा भएको भन्दै किशोरीका परिवारले उनीहरुको विवाह अस्वीकार गरेको आरोप छ। त्यसपछि केटीकै आग्रहमा नवराजसहित १९ जना युवालाई लिएर किशोरी लिन जेठ १९ गते उनको घर जाँदा परिवार र स्थानीयले लखेटीलखेटी कुटेर हत्या गरेको आरोप लागेको छ।

कुटाइकै क्रममा नवराजको मृत्यु भएपछि नदीमा फालेको आरोप नवराजको परिवारको छ। घटनामा नवराजसहित टिकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार तथा सञ्जु विक, भेरी नगरपालिका–११ का गोविन्द शाही मारिएका थिए। उनीहरुको पोष्टमार्टम रिपोर्टमा शरीरभर निलडाम देखिएको उल्लेख थियो भने मृत्युको कारण पानीमा डुब्नु उल्लेख थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति