जसपाले सदरमुकाम र मुख्य सहरहरूमा विरोध प्रदर्शन गर्ने

काठमाडौं, १० असार । जनता समाजवादी पार्टी (जसपा)ले विरोध प्रर्दशन गर्ने भएको छ । जसपाले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको विरोधमा देशका विभिन्न शहरमा विरोध प्रदर्शन गर्ने भएको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएर प्रतिनिधिसभामा पुगेको नागरिकता विधेयकका कतिपय प्रावधान विभेदकारी भएको जसपाको ठहर छ ।

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले बुधबार विज्ञप्ति जारी गरेर असार १६ गते जिल्ला सदरमुकाम र मुख्य सहरहरूमा विरोध प्रदर्शन र सभा आयोजना गर्न लागिएको जनाएको छ ।

‘संविधानको मूल्य मान्यता र मर्म तथा प्राकृतिक न्यायको सिद्धान्त विपरीत रहेकव् संशोधन प्रस्तावले महिला अधिकारको हनन हुनुका साथै नेपाल पक्ष राष्ट्र रहेको सबै प्रकारका भेदभाव उन्मुलुनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको पनि विरुद्धमा रहेका छन्’ विज्ञप्तिमा भनिएको छ ।

जनता समाजवादी पार्टीले नेपाली नागरिकसँग विवाह गरेका विदेशी नागरिकले आफ्नो मुलुकको नागरिकता त्यागेको प्रमाणको आधारमा अंगीकृत नागरिकता दिनुपर्ने माग छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति