Nepal Page

८ असार २०७७, सोमबार


गण्डकी प्रदेशमा ६ वर्षकी बालिका सहित थप २० जनामा कोरोना संक्रमण

काठमाडौं, ८ असार । स्याङ्जा जिल्लामा २० जना सङ्क्रमित थपिएका छन् । दुई महिलासहित १९ पुरुष थपिएका हुन् । यो सँगै गण्डकीमा सङ्क्रमितको संख्या ५४० पुगेको छ । नयाँ थपिनेमा स्याङ्जाका १२ जना र नवलपरासी पूर्वका ८ जना रहेका छन् । स्याङ्जाको अर्जुनचौपारीका ७ वर्षका ३ बालक सहित १६, ३०, ३१, ३० र ३८ वर्षका पुरुष र ६ वर्षकी बालिका सहित ५० वर्षकी एक महिला रहेकी छन् । त्यस्तै कालीगण्डकी गाउँपालिकाका १४ र ४८ वर्षका पुरुष रहेका छन् ।
यस्तै नवलपरासी पूर्वका बौदीकाली गाउँपालिकाका ८ जना पुरुष रहेका छन् । उनीहरु सबै भारतबाट आई क्वरेण्टीनमा बसिररहेका प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डाक्टर बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये ५५ जना निको भएर घर फर्किएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति