Nepal Page

७ असार २०७७, आइतबार


अमेरिकामा २४ घण्टामा मात्रै ३३ हजार ३८८ जना संक्रमित

काठमाडौं, ७ असार । विश्वभर महामारीकोरुपमा फैलिएको नोवेल कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ३३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ३३ हजार ३८८ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २३ लाख ३० हजार ५७८ पुगेको छ ।

आइतबार बिहानसम्म १ लाख २१ हजार ९८० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ५७३ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ९ लाख ७२ हजार ९४१ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १२ लाख ४० हजार १६७ जनामध्ये १६ हजार ५४७ जनाको अवस्था गम्भीर रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति