Nepal Page

६ असार २०७७, शनिबार


भारतको कोरोना अवस्था भयावह : एकै दिन १४ हजारमा संक्रमण, संक्रमित- ३ लाख ९५ हजार

काठमाडौं, ६ असार ।  भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ९७० पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३६६ जनाको मृत्यु भएको छ भने १४ हजार ७२१ जना नयाँ संक्रमित थपिएका छन् ।

भारतमा संक्रमितको ३ लाख ९५ हजार ८१२ पुगेको हो । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये २ लाख १४ हजार २०६ जना संक्रमणमुक्त भएका छन् । कोराना भाइरस ९कोभिड–१९० को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति