Nepal Page

२७ जेष्ठ २०७७, मंगलबार


नेकपा सचिवालय बैठक स्थगित

काठमाडौँ — अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न बोलाइएको नेकपाको सचिवालय बैठक स्थगित भएको छ । 

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्ताका कारण मंगलबार दिउँसो ४ बजेलाई बोलाइएको सचिवालय बैठक स्थगित गरिएको हो । 

अध्ययन कार्यदलको सिफारिसविपरीत एमसीसीसँग जोडिएका कार्यक्रम र सहायता रकम नीति कार्यक्रम र बजेटमा परेपछि पार्टीभित्र व्यापक विवाद भएपछि मंगलबारलाई सचिवालय बैठक बोलाइएको थियो । 

एमसीसीलाई लिएर विवाद बढेपछि यसअघि जेठ १७ गते सचिवालय बैठक बसेको थियो । उक्त बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल गरेपछि एमसीसीबारे ठोस निर्णय गर्ने सहमति भएको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओली भने संसद्को यहि अधिवेशनबाट सम्झौता अनुमोदन गर्ने पक्षमा छन् । तर, सचिवालयका अन्य बहुमत सदस्य भने यथास्थितिमा सम्झौता अनुमोदन गर्न नहुने पक्षमा छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति