Nepal Page

२३ जेष्ठ २०७७, शुक्रबार


किसानलाई रु १० लाखको कृषि सामग्री वितरण

काठमाडौँ, २३ जेठ – बन्दाबन्दीको समयमा कृषि क्षेत्रको विकास र विस्तारका लागि चन्द्रागिरि नगरपालिकाले किसानलाई रु १० लाख मूल्य बराबरको कृषि सामग्री वितरण गरेको छ । काठमाडौँ उपत्यकाको प्रमुख द्वारमा रहेको चन्द्रागिरि नगरपालिकाले कोरोना भाइरसका कारण मुलुक बन्दाबन्दी रहेको बेलामा किसानलाई धान र तरकारीको बीउ वितरण गरेको हो । नगरपालिकाका कृषि शाखा प्रमुख रामप्रसाद न्यौपानेले चन्द्रागिरिभित्र कृषि क्षेत्रको विकासका लागि किसानलाई धान र तरकारीको बीउवितरण गरेको जानकारी दिनुभयो । “धानको बीउ ५० प्रतिशत अनुदान र तरकारीको बीउ निःशुल्क वितरण गरेका छौँ”, उहाँले भन्नुभयो, “टाइचिन र खुमलटार मन्सुली धान तथा रामतोरिया, मेथी, चम्सुर, सुप, मुला, रायोको साग, धनियाँलगायतका तरकारी बीउ वितरण गरिएको हो ।” उहाँले रु चार लाख ९९ हजार मूल्य बराबरको तरकारीको बीउ निःशुल्क वितरण गर्नुका साथै रु पाँच लाखभन्दा बढी मूल्यबराबरको धानको बीउ उपलब्ध गराएको जानकारी दिनुभयो । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनका अनुसार बन्दाबन्दीको समयमा नगरपालिकाले बीउ खरिद गरेर किसानसम्म पु¥याउँदै आएको छ भने प्रत्येक वडामा ८० किसानलाई धानको बीउ उपलब्ध गराउँदै आएको छ । यसअघि नगरपालिकाले किसानका लागि हाते ट्र्याक्टर, कृषि औजारसमेत वितरण गरिसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति