अमेरिकामा ९३ हजारभन्दा बढीको मृत्यु, १५ लाख ७० हजार ५८३ कोरोना संक्रमित

काठमाडौं, ७ जेठ । साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ९३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

बुधवार विहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ५५२ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९३ हजार ५३३पुगेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार ३८९ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १५ लाख ७० हजार ५८३ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३ लाख ६१ हजार १८० जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख १३ हजार ५६४ जनामध्ये १७ हजार २४६ जनाको अवस्था गम्भीर रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति