डाक्टरमा पहिलोपटक देखियो कोरोना

काठमाडौं, ६ जेठ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका डाक्टरमा पहिलोपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पहिलोपटक मन्त्रालयअन्तर्गतका डाक्टरमा कोरोना भाइरसको संक्रमण देखिएको हो।

सोमबार नमुना परीक्षणका क्रममा उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो। ललितपुर बस्दै आएका उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग टेकुका जनस्वास्थ्य विज्ञ हुन्। उनी कुनै पनि अस्पतालमा कार्यरत छैनन्।

यसअघि नेपालमा नर्समा कोरोना भाइरसको संक्रमण देखिएपनि डाक्टरमा भने देखिएको थिएन। मन्त्रालयले उनको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी सुरु गरेको बताएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति