भारतमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, नयाँ दिल्लीमा निजी कार्यालय पूर्ण रुपमा सञ्चालन गर्न अनुमति

काठमाडौं, ६ जेठ ।   भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक लाख नाघेको छ। वल्र्डमिटरका अनुसार  भारतमा संक्रमण पुष्टि हुनेको संख्या १ लाख ३ सय २८ जना छन्।

सर्वाधिक संक्रमण देखिएका देशको सूचीमा भारत ११औं स्थानमा छन्। सूचीको सबैभन्दा अगाडि अमेरिका छ। त्यसपछि क्रमशः रुस, ब्राजिल, बेलायत, स्पेन, इटाली, फ्रान्स, जर्मनी, टर्की, इरान तथा भारत छन्।

भारतमा ३ हजार १ सय ५६ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। सर्वाधिक मृत्यु हुने देशको सूचीमा भारत १६औं स्थानमा छ।

भारतमा ३९ हजार २ सय ३३ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्।

नयाँ दिल्लीमा निजी कार्यालय पूर्ण रुपमा सञ्चालन गर्न अनुमति

भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली सरकारले निजी कार्यालयहरुलाई पूर्ण रुपमा सञ्चालन गर्न आग्रह अनुमति दिने भएको छ । सतर्कता अप्नाउदै कार्यालयलाई पूर्ण क्षमता अनुसार नै सञ्चालन गर्न अनुमति दिइने भएको मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिनुभयो ।

अधिकांश कर्मचारीहरुलाई घरबाटै काम गर्ने व्यवस्था गर्नेगरी सञ्चालनको अनुमति दिन लागिएको उहाँले बताउनुभयो । निजी कार्यालयहरुलाई पूर्ण क्षमताका साथ सञ्चालनका लागि अनुमती दिइने भएको छ, तर उनीहरुले अधिकांश कर्मचारीलाई घरबाटै काम गर्न प्रेरित गर्नुपर्नेछ, उहाँले भन्नुभयो ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा उहाँले केन्द्रीय राजधानी दिल्लीमा उपलब्ध मजदुरहरुलाई मात्रै परिचालन गरेर निर्माण कार्यहरु अगाडी बढाउन पनि सकिने जानकारी दिनुभयो ।

नियन्त्रित क्षेत्रमा भने यस्ता कुनै पनि गतिविधि गर्न प्रतिवन्ध लगाइएको पनि मुख्यमन्त्री केजरीवालले बताउनुभयो ।

केन्द्रीय गृह मन्त्रालयले आ आफ्नो क्षेत्रलाई ग्रिन, ओरेन्ज र रेड जोन घोषणा गरेर त्यही अनुसारको लकडाउनलाई कार्यान्वयन गर्न प्रदेश सरकारहरुलाई अधिकार दिएको छ ।

भारतमा अहिले लागु भएको चौथो चरणको देशव्यापी लकडाउनलाई खुकुलो बनाउने केन्द्रीय निर्णय अनुसार कतिपय ठाउँमा अवस्था हेरेर लकडाउनको स्वरुपमा परिवर्तन गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति