आइसोलेसनमा रहेका एक युवकको मृत्यु, रिपोर्ट आउन बाँकी

रोल्पा, ५ जेठ । रोल्पा अस्पतालको आइसोलेसनमा रहेका एक युवकको मृत्यु भएको छ। आइतबार राति १० बजे आइसोलेसनमा भर्ना भएका २२ वर्षीय युवकको सोमबार दिउसो ४ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय रोल्पाका तथ्यांक सहायक अरुण भिटुले बताएका छन्।

काठमाण्डौँमा लामो समयदेखि मृगौलाको डायलासिस् गराइरहेका उनी आइतबार बेलुकामात्रै रोल्पाका आएका थिए। युवालाई सोमबार दिउँसो अचानक सास फेर्न गाह्रो भएको थियो। उनको कोरोना भाइरस परीक्षणका लागि स्वाब लिइएको छ। यसको रिपोर्ट आउन भने बाँकी नै छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति