थप ३ जनामा कोरोना संक्रमण : एक नर्ससहित तीन जना संक्रमित

काठमाडौं, ४ जेठ  । आइतबार थप तीन जना कोरोना संक्रमित थपिएका छन्। जसमा एकजना धनकुटा जिल्ला अस्पतालकी नर्स रहेकी खुलेको छ।

बाँकी दुईजना संक्रमित भने विराटनगरका हुन्। उनीहरू विराटनगर महानगरपालिका वडा नम्बर ६ र १६ का पुरुषहरू हुन्।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ। जसमा दुईजनाको मृत्यु भएको छ। आइतबार मात्रै बाँकेका २५ वर्षीय युवकको मृत्युपछि कोरोना पुष्टी भएको हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति