भारतमा ९० हजारमा कोरोना भाइरसको संक्रमण, बन्दाबन्दीको अवधिलाई थप दुई हप्ता थप्ने

काठमाडौं, ४ जेठ । भारतमा कोरोना भाइरसको संक्रमणबाट २ हजार ८ सय ७१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ११८ जनाको मृत्यु भएको छ । एकै दिन थप ४ हजार ८६४ जनामा संक्रमण देखिएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या ९० हजार ६४८ पुगेको छ ।
कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या बढने क्रम नरोकिएपछि भारत सरकारले बन्दाबन्दीको अवधिलाई थप दुई हप्ता थप्ने तयारी गरेको भारतीय अधिकारीहरूले बताएका छन्।

कोभिड–१९ को सङ्क्रमण वृद्धिदर बढिरहेको अवस्थामा शनिबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्रीहरूबीच करिब चार घण्टा लामो छलफल भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्।

भिडियो सम्मेलनमार्फत गरिएको छलफलका निष्कर्षहरूलाई औपचारिक रूपमा घोषणा भने गरिएको छैन।

यद्यपि बैठकमा बन्दाबन्दी बढाउने सहमति भएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विटरमार्फत सार्वजनिक गरेका छन्।

ुप्रधानमन्त्रीले बन्दाबन्दी बढाउने सही निर्णय लिनु भएको छु, ट्वीटरमा उनले लेखेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति