कोरोनाबाट धुलिखेलमा मृत्यु भएकी महिलाको शव पशुपतिमा

काठमाडौँ, ३ जेठ । कोरोना भाइरस (कोभिड १९) बाट काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको शव पशुपति आर्यघाट ल्याइएको छ । नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी समेतको टोलीले स्कर्टिङ गरेर अन्त्येष्टिका लागि पशुपति ल्याइएको हो । सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले औपचारिक पुष्टि गरिसकेको छ । कोरोना भाइरसबाट नेपालमा पहिलो पटक मृत्यु भएको हो । शव पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने छ ।

 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति