उत्तर प्रदेशमा दुइटा ट्रक ठोक्किँदा २४ मजदुरको मृत्यु, दर्जंनौँ घाइते

नयाँदिल्ली, ३ जेठ । भारतको उत्तर प्रदेशको ओरैया जिल्लामा शनिबार बिहान दुई वटा ट्रक एकापसमा ठोक्किँदा २४ जना मजदुरको मृत्यु भएको छ । दुर्घटनामा दर्जनौं घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेहरुको ओरैया र सैफाईका अस्पतालमा उपचार भइरहेको छ ।
ओरैयाका एएसपी कमलेशकुमार दीक्षितका अनुसार राजस्थानबाट आइरहेको ट्रक र दिल्लीबाट आइरहेको ट्रक ठोक्किएका हुन् । राजस्थानबाट निर्माण सामग्री लिएर आएको ट्रकमा झारखण्ड, बिहार र पश्चिम बंगालका मजदुर थिए । मजदुरहरुले चिया खानका लागि राजस्थानबाट आएको ट्रक मिहौलीमा रोक्न लाग्दै गर्दा दिल्लीबाट आएको ट्रकले ठक्कर दिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै घटनाप्रति दुस्ख व्यक्त गरेका छन् । उनले सरकार राहत कार्यमा तत्परताका साथ जुटिरहेको जानकारी दिएका छन् । त्यस्तै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनामा पीडित सबैलाई हरसम्भव राहत उपलब्ध गराउने उल्लेख गर्दै दुर्घटनाका बारेमा छानबिन सम्बन्धित अधिकारीलाई निर्देशन दिएको बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति