धादिङकी कोरोना संक्रमित महिलाको सतुङगलमा ब्युटिपार्लर सन्चालन

धादिङ २ जेठ । धादिङकी ३० वर्षीया कोरोना संक्रमित महिला गल्छि गाउँपालिका वडा नम्बर ८ कटुवालपौवाकी भएको खुलेको छ । उनी काठमाण्डौको सतुङगलमा व्युटि पार्लर सन्चाला गर्दै आएकी थिइन् । लकडाउन अलि खुकुलो भएपछि उनी घर गोगनपानी आएको खुलेको छ। घरमा १५ दिन बसेर पुनः काठमाण्डौ फर्किएकी थिईन ।

काठमाण्डौ गएपछि ज्वरो आउने र खोकी आउने समस्या भएपछि परिक्षण गराउन जाँदा कोरोना पोजेटिभ देखीएको हो । घरमा बस्दा मेलपात तथा गल्छि बजार आवत जावत गरेको पनि खुलेको छ । अहिले गल्छि गाउँपालिकालाई सिल गर्ने तयारी भईरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति