भारतमा सङ्क्रमितको सङ्ख्या बढ्दै: विश्वभरमा १७ लाखभन्दा धेरै कोरोनाका बिरामी निको

काठमाडौं, २ बैशाख ।  विश्वका विभिन्न देशमा गरी १७ लाख भन्दा धेरै कोरोनाका बिरामी निको भएका छन् । विश्वका विभिन्न देशमा गरी ४५ लाख २० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकामा १७ लाख २ सय ८६ जना निको भएका वर्ल्डओमिटरले जनाएको छ ।

वर्ल्डओमिटरका अनुसार उपचार गराइरहेका २५ लाख १६ हजारभन्दा धेरैमध्ये दुई प्रतिशत अर्थात साढे ४५ हजार जनाको अवस्था जटिल रहेको र बाँकी २४ लाख ७१ हजारभन्दा धेरैको अवस्था भने सामान्य छ ।

३ लाख ३ हजार जनाको भने ज्यान गएको छ । सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा साढे १४ लाख भन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा साढे ८६ हजारभन्दा धेरैको ज्यान गएको छ ।  यस्तै भारतमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । गएको २४ घण्टामा झण्डै ४ हजार नयाँ बिरामी थपिएसँगै भारतमा झण्डै ८२ हजारमा कोरोना पुष्टि भएको छ । साढे २ हजारभन्दा धेरैको ज्यान गएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति