काठमाडौंका संक्रमित ७ वर्षीय बालकको ट्राभल हिस्ट्री यस्तो

काठमाडौं, १ जेठ । बिहीबार कोरोना पुष्टि भएका काठमाडौं, चन्द्रागिरि नगरपालिका, दहचोकका ७ वर्षीय बालक गत वैशाख ६ गते बाराबाट आएको खुलेको छ। संक्रमित बालक आफ्नो मामाघर बाराबाट आफ्नी आमासँगै आएको चन्द्रगिरि नगरपालिका– १ पत्रकार रोशन दानीले जानकारी दिनुभएको छ । संक्रमित बालककी आमाले आफू र छोरा चैत ६ गते बारा माइती गएको र वैशाख ६ गते काठमाडौं फर्किएको उहाले बताउनुभयो ।  अहिले संक्रमित बालकलाई अस्पताल लैजाने तयारी भइरहेको छ। स्थानीयको सहयोगमा बाहिरबाट आएको भनेपछि उनीहरू स्वाब परीक्षण गराउन पुगेका थिए। आमा र छोराको कोरोना परीक्षण गरिएकोमा छोराको रिपोर्ट पोजेटिभ आएको हो।

बालकका परिवारमा उनीसहित बुवा र आमा छन्। उनीहरूको स्थायी घर दोलखा रहेको बताइएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति