सशस्त्र प्रहरी बलको फौज राख्न नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उड्यो

काठमाडौँ, ३१ बैशाख । कालापानी नजिकै दार्चुलाको छांगरु क्षेत्रमा सशस्त्र प्रहरी बलको फौज राख्न बुधबार नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उडेको छ ।

पहिलो चरणमा काठमाडौँबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोली लिएर हेलिकप्टर छाङरु उडेको हो ।

छाङरुमा सशस्त्र प्रहरी बलको सिमा सुरक्षा चेकपोस्ट (बिओपी)  स्थापनाको गर्ने तयारी रहेको गृह मन्त्रालय श्रोतए बताएको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा मन्त्रालयले छांगरु क्षेत्रमा सशस्त्र प्रहरी बलको फौज राख्ने निर्णय गरेको थियो ।

उनीहरुले सीमा रक्षा गर्नुका साथै अपराध नियन्त्रणमा भूमिका खेल्नेछन् । कालापानीबाट १० किलोमिटरको दुरीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट राख्न लागिएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति